श्रावण १, २०८२ बिहिबार July 17, 2025

नवौं राष्ट्रिय खेलकुद : पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । वर्षा बाधक बनेको खेलमा डिएल मेथडका आधार पुलिस विजयी भएको हो ।

पहिले ब्याटिङ गर्दै नेपाल पुलिसले कर्णाली प्रदेशविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेशले लक्ष्य पछ्याउने क्रममा १०.२ ओभरमा १७ रन बनाउँदा वर्षा बाधक बनेको थियो । खराब प्रदर्शन गरेको कर्णाली फराकिलो हारोन्मुख रहँदा वर्षा भएपछि खेलको निर्णय डिएल मेथडका आधारमा लिइएको थियो ।

त्यसअघि पोखरा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाउँदा काजल श्रेष्ठ र कविता कुँवरले १६–१६ रन बनाएका थिए । त्यस्तै रेवती धामीले १४ रन बनाइन् भने कर्णाली प्रदेशले अतिरिक्त १८ रन दिएको थियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आजको दोस्रो खेल भने रद्ध भएको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशबीचको खेल निरन्तरको वर्षाको कारण रद्ध भएको हो । टस समेत नभई खेल रद्ध भएपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार