असार २८, २०८२ शनिबार July 12, 2025

आङ सान सुकीलाई कुल २६ वर्षको काराबास सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः म्यानमारको एउटा अदालतले नेतृ आङ सान सुकीलाई थप काराबास सजाय सुनाएको छ । उनलाई अर्को भ्रष्टाचारको मुद्दामा उक्त सजाय सुनाइएको हो ।

झण्डै दुई वर्षदेखि सैनिक शासन लागु भएको म्यानमारमा सुकीलगायत अधिकांश राजनीतिक दलका नेता तथा कार्यकर्तालाई जेल र नजरबन्दमा राखिएको छ । पछिल्लो आदेशसमेत जोडिएपछि ७७ वर्षे नेतृमाथि २६ वर्षको काराबास सजाय भएको छ ।

सन् २०२१ को फेब्रुअरी १ तारिखका दिनदेखि सेनाले म्यानमारको निर्वाचित सरकार अपदस्थ गरेर सत्ता आफ्नो हातमा लिएको छ । सोही बेलादेखि उनीमाथि विभिन्न भ्रष्टाचारको आरोप लगाइएको हो । सुकीले साढे पाँच लाख अमेरिकी डलर लागुऔषध तस्कर तथा टाइकुन मुआङसँग लिएको गम्भीर आरोप पनि लगाइएको छ । तर उनले ती सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता सुकीविरुद्ध एक दर्जन भ्रष्टाचारको मुद्दा लगाइएको छ । उनलाई यसअघि नै विभिन्न आरोपमा २३ वर्षको कारावास सजाय सुनाइएको छ ।

त्यहाँबाट प्राप्त समाचारमा सुकीविरुद्ध देशद्रोह,चुनावमा धोखाधडी,कोभिड प्रोटोकलको उल्लंघनलगायत आरोप लगाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया