असार २८, २०८२ शनिबार July 12, 2025

इरानमा प्रतिबन्ध लगाउने विषयमा इयु विदेशमन्त्रीको बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इयु विदेश मन्त्रीहरूले इरानमा प्रतिबन्धहरू लगाउने विषयमा बैठक गरेका छन् । उनीहरूले हिजाब विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सरकारको क्रुुर दमनको निन्दासमेत गरेका छन् । त्यस्तै, तेहरानसँग मर्रिबन्ड आणविक सम्झौतालाई पुनर्जीवित गर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

विदेशमन्त्रीहरूको बैठकअघि ईयू राजदूतहरूले सहमति जनाएका प्रतिबन्धहरूको सूचीमा ११ इरानी अधिकारी र चार संस्थाहरू छन् । तिनीहरूमाथि इयुको भिसा प्रतिबन्ध र सम्पत्ति रोक्का गरिनेछ ।

प्रतिबन्धहरूमा लक्षित हुनेहरूमध्ये ‘तथाकथित नैतिकता प्रहरी हुुन् तर त्यहाँ भएका अपराधहरू देख्दा यो वास्तवमै उपयुक्त नहुने शब्द हो’,जर्मन विदेशमन्त्री अन्नालेना बेरबकले भने । एक महिनाअघि प्रहरी हिरासतमै मृत्युभएकी २२ वर्षीय युवतीको विषयलाई लिएर देशभर प्रदर्शन भएका छन् ।

प्रहरी र प्रदर्शनकारीबीच भएका झडपहरूमा ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ भने हिरासतमा राखिएका दर्जनौँमाथि मुद्दा लगाउने तयारी गरिएको छ । इरानमा हिजाबविरोधी प्रदर्शनमा संसारभरका महिलाहरुले ऐक्यबद्धता देखाएका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया