श्रावण ३, २०८२ शनिबार July 19, 2025

नवौं राष्ट्रिय खेलकुद: आज ३० वटा खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज मंगलबार विभिन्न ३० वटा खेल हुँदैछन् ।

मंगलबार हुने खेलमा पोखरा रङ्गशालामा एथलेटिक्स, महिला क्रिकेट, रंगशालाकै कभर्डहलमा ब्याडमिन्टन र पोखराकै गोस्टेघाट रंगशालामा पुरुष फुटबल हुनेछन् भने पोखरा रंगशालामै टेनिस, बक्सिङ, सफ्ट टेनिस र पुरुष भलिबलका खेलहरु हुनेछन् ।

यस्तै पोखरा रङ्गशालामै पुरुष बास्केटबल, त्यहाँकै कभर्ड हलमा स्क्वास र उसुका खेल हुनेछन् भने पोखराकै फिस्टेल पोखरीमा पौडी, लेकसाइडमा ट्रयाथलन, पोखराकै कोल्मा बाहकोटमा टेबलटेनिस, पोखरा रङ्गशालामा जुडो र आर्चरीका खेलहरु हुनेछन् ।

पोखरा रंगशालामै जिम्न्यास्टिक, केसी क्याटरिङमा कबड्डी, पोखरा ह्यान्डबल एकेडेमीमा ह्याण्डबल, गण्डकी वोर्डिङ स्कुलमा महिला हक्की, गौरीशंकर खेलमैदानमा पुरुष हक्कीका खेलहरु हुनेछन् ।

तनहुँको दमौलीमा महिला बास्केटबल, स्याङ्जाको वालिङमा महिला फुटबल, म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दो, बाग्लुङको आइटिएफ हलमा तेक्वान्दो, पर्वतको कुश्मामा कराते, गोर्खामा बुद्धिचाल, नवलपुरको कावासोतीमा महिला तथा पुरुष सेपाकताक्रो र गैंडाकोटमा कुस्तीका खेलहरु हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार