असार २८, २०८२ शनिबार July 12, 2025

रुसी लडाकु विमान दुर्घटना, १३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ । १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ ।

यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरेका छन् ।

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो । दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्‍याएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया