असार २८, २०८२ शनिबार July 12, 2025

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्डोनेसियामा करिब १०० बालबालिकाको मृत्युले देशलाई सबै सिरप र तरल औषधिको बिक्री स्थगित गर्न प्रेरित गरेको छ ।

गाम्बियामा कफ सिरपका कारण करिब  ७० बालबालिकाको मृत्यु भएको बताइरहेका बेला इन्डोनेसियामा पछिल्लो घटना सार्वजनिक भएको हो । इन्डोनेसियाले भने कि केही सिरप औषधिमा तीव्र मृगौला चोट(एकेआई)सँग सम्बन्धित सामग्रीहरू फेला परेको थियो, जसका कारण यस वर्ष ९९ साना बालबालिकाको मृत्यु भएको छ ।

उक्त औषधि निर्यात गरिएको थियो वा स्थानीय रूपमा उत्पन्न गरिएको थियो भन्ने बारेमा केही खुलाइएको छैन् । बिहीबार इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले भने कि उनीहरूले बच्चाहरूमा एकेआईका करिब २०० केस रिपोर्ट गरेको बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया