असार २८, २०८२ शनिबार July 12, 2025

बेलायतले श्रीलंकाका शरणार्थीलाई ‘तेस्रो देश’ पठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलायतले दाबी गरेको चागोस टापुमा शरण खोज्ने श्रीलंकाका शरणार्थीहरूलाई’ स्वैच्छिक रूपमा’ श्रीलंका नफर्किएसम्म उनीहरूलाई ‘सुरक्षित तेस्रो देश’मा सार्ने निर्णय गरेको छ । बेलायतले शरणार्थीहरूलाई श्रीलंका फिर्ता गर्न नसके उनीहरूलाई अर्को अज्ञात देशमा लगिने बताएको हो ।

कम्तीमा १२० श्रीलंकालीहरू चागोस द्वीपसमूहको टापु डिएगो गार्सियामा बार लगाएको क्याम्पमा बसेको विश्वास गरिन्छ । चागोस द्वीपसमूहको सार्वभौमसत्तालाई लिएर मरिसस र युनाइटेड किंगडमबीच विवाद छ । श्रीलंकालीहरूको हितको प्रतिनिधित्व गर्नेहरू बेलायतले उनीहरूलाई बेलायतमा बस्न अनुमति दिनुपर्छ भन्ने चाहन्छन् ।

श्रीलंकामा तमिल–भाषी मानिसहरू र श्रीलंकाका अन्य समुदायहरूसँग ऐक्यबद्धतामा काम गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय वकालत संगठन ग्लोबल तमिल फोरमले यो विषयमा संलग्न नहुने जनाएको छ । श्रीलंकाले बेलायतमा शरण अस्वीकार गर्ने चर्को विवादित ब्रिटिश कार्यको लागि फोरमको जबाफ माग गरेको थियो ।

यसले जेनेभामा रहेको संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचसीआर) मा यो मुद्दा उठाउने वा नउठाउने भन्ने बारेमा जवाफ मागेको थियो ।

तमिल मुद्दामा संलग्न नहुने विषयमा जीटीएफ प्रवक्ता सुरेन सुरेन्द्रनले भने, ‘जीटीएफ एक संगठनको रूपमा कुनै खास देशमा नभई अन्तर्राष्ट्रिय रूपमा काम गर्दछ र सामान्यतया श्रीलंकाबाहिर विशिष्ट मामिलामा संलग्न हुँदैन । जीटीएफ मुख्यतया एक अन्तर्राष्ट्रिय वकालत संगठन हो। त्यहाँ विभिन्न देश–विशिष्ट तमिल संगठनहरू छन्।’

यसअघि संयुक्त राष्ट्र संघको सामुद्रिक कानून न्यायाधिकरण, संयुक्त राष्ट्र संघको महासभा र अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले चागोस टापुहरू मौरिससको भनेर फैसला गरेको थियो । विवादित युके क्षेत्रमा ’बन्दमा’ परेका केही “स्वैच्छिक रूपमा“ श्रीलंका फर्किएका छन्। बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री जेसी नर्मनले हालसम्म संसदमा ६० जनाभन्दा बढी श्रीलंकालीहरू स्वेच्छाले स्वदेश फर्किएका संसदलाई जानकारी गराएका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया