असार २८, २०८२ शनिबार July 12, 2025

म्यानमारमा सेनाको हवाई हमलामा ५० जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले रोयटर्ससँग कुराकानी गर्दै जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम द इरावडीले सो आक्रमा कम्तीमा ५० जना मारिएको समाचार प्रकाशित गरेको छ । यसको आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी रहेको छ । अमेरिकामा रहेको यसको शुभेच्छुक संस्था काचिन एलाएन्सले सो घटनामा मारिनेमा काचिन कलाकार, स्थानीय र केआईओका नेताहरू रहेका छन् ।

शुन्य जुन्ताले कू गर्दै सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा द्वन्द्व जारी रहेको छ । मानव अधिकारवादी संस्थाहरूले त्यसयता त्यहाँ स्वतन्त्रता र अधिकारको अवस्था निकै कमजोर बनेको बताउँदै आएका छन् । सेनाले विद्यालय समेतमा हिंस्रक आक्रमण गर्ने गरेको ती संस्थाहरूले जानकारी दिएका छन् । देशभर नै जुन्ताको शासनविरुद्ध विद्रोही समुहहरु खडा भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया