असार २८, २०८२ शनिबार July 12, 2025

१० वर्ष जेलमा बिताएका ८ तमिल कैदीलाई आममाफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलंकामा लिबिरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीइ)सँगको सम्बन्धको आरोपमा १० वर्षभन्दा बढी जेलमा बिताएका आठ तमिल कैदीहरूलाइ राष्ट्रपति रनिल विक्रमासिंगेले आममाफी दिएका छन् ।

संविधानको धारा ३४ अन्तर्गत प्रदान गरिएको माफी तमिल सांसदहरूको हस्तक्षेपको परिणाम स्वरूप आएको राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ ।

दोषी ठहर भएका आठमध्ये ३ जनलाई पूर्वराष्ट्रपति चन्द्रिका बन्दरनायके कुमारतुंगाको हत्या प्रयासमा संलग्न रहेको जनाइएको छ । सन् १९९४ देखि २००५ सम्म राष्ट्रपति रहेकी  कुमारतुंगाले उनीहरूलाई क्षमा दिन सहमति जनाएका थिइन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया