श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आईसीसी टी-२० विश्वकपमा आज तीन खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी टी–२० विश्वकप २०२२ अन्तर्गत आज बिहिबार तीन खेल हुँदैछन् । पहिलो खेल बंगलादेश तथा दक्षिण अफ्रीकाविरुद्ध अहिले बिहान ९ बजेदेखि सिड्नीमा प्रारम्भ हुँदैछ ।

दोस्रो खेल भारत तथा नीदरल्याण्डबीच हुनेछ । सिड्नी मै खेलिने यो खेल दिउँसो १ बजेदेखि प्रारम्भ हुनेछ । तेस्रो खेल पाकिस्तान तथा जिम्बाब्वेबीच साँझ ५ बजेदेखि पर्थमा खेलिंदैछ ।

भारतले नीदरल्याण्डसंग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । दुबै टीमबीच यो खेल ऐतिहासिक सिड्नी क्रिकेट ग्राउण्डमा हुनेछ ।

भारतीय टीमले पहिलो खेलमा आफ्नो चीर प्रतिद्वन्दि पाकिस्तानलाई चार विकेटले पराजित गरेको थियो, जसका कारण भारत दोस्रो खेलमा समेत विजयी हुनका लागि उत्साहित देखिन्छ । नीदरल्याण्डको टीमले भने पहिलो खेलमै बंगलादेशविरुद्ध हारको सामना गर्नु परेको थियो ।

भारतीय टीमका बलिङ कोच पारस म्हाम्ब्रेले पाकिस्तानविरुद्ध खेल्ने टीम नै नीदरल्याण्डविरुद्ध मैदानमा उत्रिने संकेत गरेका छन् ।

नीदरल्याण्डको टीम खेलमा आश्चर्यजनक नतिजा निकाल्न सिपालु छ । सन् २००९ तथा २०१४ को विश्वकपमा नीदरल्याण्डले इङ्ल्याण्डलाई पराजित गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंमा डेङ्गु संक्रमण बढ्दै
२०८२ श्रावण २, शुक्रबार
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार