श्रावण १, २०८२ बिहिबार July 17, 2025

लिभरपुल अन्तिम १६ मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस क्लब लिभरपुलले बुधबार आयाक्समाथि ३-० को जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । योर्गान क्लोपको टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको यो लगातार छैटौं पटक हो ।

४२औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि खाता खोलेका थिए । च्याम्पियन्स लिगको पछिल्लो चार खेलमा सलाहले गरेको यो छैटौं गोल हो । ४९औं मिनेटमा डार्विन नुनेजले लिभरपुलको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हार्भे इलियटले लिभरपुलका लागि तेस्रो गोल गरेका थिए ।

लिभरपुल पाँच खेलमा १२ अंकसहित समूह ए को दोस्रो स्थानमा छ । समान खेलमा १५ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ । नेपोली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन ।

समूह चरणको अन्तिम खेलमा नेपोलीमाथि फराकिलो जित निकालेमा मात्र लिभरपुल समूह ए को विजेता बन्नेछ ।  समूह ए कै अर्को खेलमा नेपोलीले रेन्जर्सलाई ३-० ले हरायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार