मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

राहुल गान्धीको योजनामा मल्लिकार्जुन खड्गे पार्टी अध्यक्ष बनेको खुलासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन्।

एकपटक गैर–गान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा उनले उम्मेदवारी नदिएर खड्गेलाई खडा गरिएको उनले बुधबार भएको सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताएका हुन्।

राहुल गान्धीलाई देशको सबैभन्दा ठूलो र पुरानो पार्टीको अध्यक्ष बनाउन अन्तिम समयसम्म पार्टीभित्र प्रयास जारी थियो किनभने उनी मात्र भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई चुनौती दिनसक्ने व्यक्ति हुन् भन्ने निष्कर्षमा अडिग रहेर गान्धीलाई नै अध्यक्ष बनाउने पक्षमा थियौँ तर उनले  पितामाताको त्यो बिरासतलाई एकपट बाहिरबाट नेतृत्वको अवसर दिनुपर्नेमा जोड दिएपछि अन्तिम घडीमा निर्णय परिवर्तन भएको मुख्यमन्त्री गहलोतले स्पष्ट गरे।

पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैं स्मरणीय रहने बताउँदै उनले उनको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा उनले असल काम गरेको दोहोर्‍याउँदै नयाँ अध्यक्ष खड्गेप्रति बधाई ज्ञापन गरे। मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे।

नवनिर्वाचित अध्यक्ष पदभार सम्हाल्नुअघि महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रिय राजधानीको राजघाट पुगेका थिए भने शान्ति वनमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र जवाहरलाल नेहरूलाई शक्ति स्थल पुगेर उनले पुष्पहारसहित श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै उनले स्वतन्त्रता सेनानी तथा जगजीवन रामलाई समता स्थलमा पुगेर श्रद्धा सुमन चढाएका थिए।

पार्टीमा कुशल कूटनीतिज्ञका रूपमा चिनिएका शशी थरूससँग भएको राष्ट्रपतिको प्रतिस्पर्धामा खड्गेले सात हजार आठ सय ९७ मत पाएका थिए भने थरुरले एक हजार ७२ मत प्राप्त गरेका थिए। निर्वाचित भएपछि खड्गेले प्रजातन्त्रको सुदृढीकरण र लोकतन्त्रको रक्षालाई काङ्ग्रेसले सधैँ केन्द्रमा राखेको तथा ७५ वर्षदेखि त्यसैमा लीनभएर लागेको उनले बताएका थिए। -एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार