श्रावण १, २०८२ बिहिबार July 17, 2025

आईसीसी टी-२० विश्वकप : जिम्बावेमाथि बंगलादेशको ३ रनको रोमाञ्चक जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईसीसी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि ३ रनको रोमाञ्चक जित निकालेको छ । ब्रिसबनमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले ८ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो ।

नाटकीय बनेको अन्तिम ओभरमा जिम्बावेलाई जितका लागि १६ रन आवश्यक थियो । तर जिम्बावेले २ विकेट गुमाएर १२ रन बनायो ।

त्यसमा पनि अन्तिम बल झनै नाटकीय बन्यो । जिम्बावेलाई अन्तिम बलमा जितका लागि ५ रन आवश्यक थियो । छक्का हान्दा जिम्बावेले खेल जित्ने थियो भने चौकाले खेल सुपर ओभरमा पुग्ने ।

तर बंगलादेशका मोसादेक होसेनको बलमा विकेटकिपर नुरुल हुसेनले जिम्बावेका ब्लेसिङ मुजाराबानीलाई सटम्पिङ गरे । त्यसपछि बंगलादेशले जितको मनाउन थाल्यो भने जिम्बावे निराश बन्यो ।

तर अम्पारले उक्त बल रिभ्यु गर्दा नुरुले स्टम्प अगाडि बल समातेकोले उक्त बल नो बल भयो र मैदान बाहिर गइसकेका दुवै टिमका खेलाडीहरु फेरि मैदान फर्किए । जिम्बावेले अर्को अवसर पायो ।

नो बलमा १ रन स्वत पाएको जिम्बावेले जितका लागि त्यो अवसरमा ४ रन बनाउनुपर्ने थियो भने ३ रन जोड्दा खेल सुपर ओभरमा जाने थियो । तर उक्त अवसरलाई मुजाराबानीले सदुपयोग गर्न सकेनन् ।

मोसादेकले कुनै रन दिएनन् र बंगलादेश ३ रनले विजयी भयो । बंगलादेशले फेरि पनि खुशी मनाउँदा जिम्बावे अवसर सदुपयोग गर्न नसक्दा निराश बन्यो ।

जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रन बनाए भने राएन बर्ल २७ रनमा अविजित रहे । बंगलादेशका लागि तस्किन अहमदले ३ तथा मोसादेह होसेन र मुस्तापिजुर रहमानले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १५० रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नजमुल होसेन सान्तोले सर्वाधिक ७१ रन बनाउँदा अफिफ होसेनले २९ र कप्तान शकिब अल हशनले २३ रन जोडे ।

जिम्बावेका लागि रिचर्ड एनगाभारा र ब्लेसिङ मुजाराबानीले २-२ तथा सिकन्दर राजा र सिन विलियम्सले १-१ विकेट लिए ।

सुपर १२ को समूह बी मा दोस्रो जित निकालेको बंगलादेश ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । भारत समान अंक भए पनि नेट रनरेटमा बंगलादेश पछि रहेको हो ।

जिम्बावेको भने सुपर १२ म यो पहिलो हार हो । ३ खेलबाट ३ अंक रहेको जिम्बावे चौथो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार