श्रावण १, २०८२ बिहिबार July 17, 2025

टोरिनोसँग मिलान पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साविकको विजेता एसी मिलान इटालियन सिरी ए अन्तर्गत आइतबार राति टोरिनोसँग २ १ को अप्रत्यासित हार बेहोर्न पुगेको छ । यस हारसँगै मिलानले शीर्ष स्थानको नेपोलीसँगको अंकदुरी कम गर्ने अवसर गुमाएको हो ।

खेलमा सुरुआती अग्रता टोरिनोले नै लियो । ३५औं मिनेटमा कोफी डिजीडिजीको गोलमा टोरिनोले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै एलेक्से मिरानचुकले टोरिनोको अग्रता दोब्बर पारेका थिए ।

६७औं मिनेटमा जुनियर मेसियासले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि कुनै गोल सम्भव भएनन् ।

यससँगै मिलानको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसक्रममा मिलानले १२ खेल जितेको थियो भने पाँच खेल बराबरीमा टुङ्गाएको थियो ।

मिलान १२ खेलमा २६ अंकसहित तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ र दोस्रो स्थानको एट्लान्टाभन्दा एक अंकले कम हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार