श्रावण १, २०८२ बिहिबार July 17, 2025

दक्षिण अफ्रिकासँग भारत पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिण अफ्रिकाले आइसिसी टी २० विश्वकपअन्तर्गत समूह ‘दुई’मा आइतबार राति भारतलाई ५ विकेटले पराजित गरेको छ । पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङका उत्रिएको अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन बनायो । अफ्रिकाका लागि डेभिड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५९ रनको महत्त्वपूर्ण इनिङ खेले ।

यस्तै, एडेन मारक्रमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका लागि अर्शदीप सिंहले दुई तथा मोहम्मद सामी, हार्दिक पाण्डेया र रविचन्द्रन आस्विनले १–१ विकेट लिए ।

पहिलो इनिङमा भारतका लागि सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

बलिङतर्फ अफ्रिकाका लागि लुङ्गी एनगिडीले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै वाइन पर्नेलले ३ तथा अनरिच नोर्ट्जेले १ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार