असार २९, २०८२ आइतबार July 13, 2025

ब्राजिलको राष्ट्रपतिमा सिल्भा बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । आर्थिक अनियमितताको आरोपपछि उनले सन् २०१० मा सिल्भाले पद छाड्न बाध्य भएका थिए ।

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन ताजा निर्वाचन परिणामले देखाएको छ ।

यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया