असार २८, २०८२ शनिबार July 12, 2025

इरानमा प्रदर्शनः १ हजार जनालाई अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानमा करिब १ हजार जनालाई सरकारविरोधी प्रदर्शनका  सम्बन्धमा अभियोग लगाइएको छ । केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनले इरानको जनजीवन प्रभावित भएको छ । सुरक्षा गार्डको हत्या र आगजनी सहित “तोडफोडका कार्यहरू“को आरोपमा उनीहरुमाथि मुद्दा चलाइएको थियो ।

सरकारी अधिकारीहरूले राष्ट्रव्यापी रूपमा कति जनालाई गिरफ्तार गरेका छन् भन्ने खुलाएका छैनन्, तर अधिकारकर्मीहरूले कुल १४ हजार जनालाई पक्राउ गरिएको दाबी गरेका छन् ।

सुरक्षाकर्मीले हत्या गरेका दुई किशोर प्रदर्शनकारीलाई उत्तरपूर्वी इरानमा गाडिएपछि अधिकारकर्मीहरुको यस्तो घोषणा आएको हो । कुर्दिश मानवअधिकार समूह हेंगाका अनुसार १६ वर्षीय कुमार दारोफ्तेहलाई पिरानशहर सहरमा भएको प्रदर्शनमा नजिकैबाट गोली प्रहार गरिएको थियो र आइतवार राति अस्पतालमा उनको मृत्यु भएको थियो ।

सोमबार उनको अन्त्येष्टिमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । दक्षिणमा सनन्दज सहरमा अर्को भीड १६ वर्षीय सरिना साईदीको अन्तेष्टिमा भेला भएको थियो । उनको पनि सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । तर, सरिनाका बुबाले सुरक्षा बललाई जोगाउन उनको मृत्यु आत्महत्याका कारण भएको भन्न बाध्य पारेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार