असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपतिमा पराजित बोल्सोनारोको समर्थनमा प्रदर्शन, ट्रक तेस्र्याएर राजमार्ग अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिलमा  राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा ट्रक चालक र अन्य प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध गरेका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा पराजय चाखेका बोल्सोनारोको समर्थकहरुले लगातार दोस्रो दिन मंगलबार राजमार्ग अवरुद्ध गरेका हुन् । निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा विजयी भएका छन् । अर्कोतर्फ बोल्सोनारोले आफ्नो पराजय स्वीकार गरेका छैनन् ।

ब्राजिलका २७ राज्यमध्ये २३ राज्यमा २५० भन्दा बढी अवरोध खडा गरिएका संघीय राजमार्ग प्रहरी (पीआरएफ)ले जनाएको छ ।

सोमबार राति प्रदर्शनकारीले देशको मुख्य अन्तर्राष्ट्रिय हव साओ पाउलोको गुआरुलहोस विमानस्थलबाहिरको सडक अवरोध गर्दा उडानहरू रद्द भएका थिए । त्यसपछि यी प्रदर्शन तितरवितर भएका छन् । रियो दि जेनेरियोलगायतका प्रमुख सहर जाने मार्ग पनि अवरोध भएका थिए । ‘साओ पाउलोको एउटा पुलमा ‘लुला चाहिँदैन’ लेखेको व्यानर टाँसिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार