कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

चुनाव कुरिरहेकाे भक्तपुर-नगरकोट सडक : नाै वर्षदेखि अलपत्र, बल्ल बाेले उम्मेदवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाण्डौः प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनकाे दिन नजिकिएसँगै भक्तपुरबाट उम्मेदवारी दिएका नेताहरू स्थानीयकाे घर आँगनमा भेटिन थालेका छन् । मतदाताकाे समस्यामा समेत स्वर मिलाउन थालेका छन् । वर्षाैदेखि अलपत्र रहेको भक्तपुर-नगरकोट सडक छिटो निर्माण गर्न स्थानीयले पटक पटक आग्रह गर्दा समेत वास्ता नगरेका दलका उम्मेदवारहरू अहिले आफै दबाबमूलक कार्यक्रमहरूकाे नेतृत्व गरीरहेका छन् ।
यही क्रममा बुधबार उनीहरूले भक्तपुर-नगरकोट सडक निर्माण छिटाे सक्न आयाेजित आन्दोलनमा ऐक्यबद्धता जनाए । उनीहरूले बिहान दुई घण्टा सडक अवरुद्ध समेत गरे । नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाईमा भएको कार्यक्रममा सबै राजनीतिक दल र तिनका उम्मेदवारलाई निमन्त्रणा गरिएको थियो ।
सता गठबन्धनमा भक्तपुर-१ का उम्मेदवार सुनिल गोठे, एमालेकोका उम्मेदबार नवराज गेलाललगायत सहभागी थिए । साथै, चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्री समेत सहभागी थिए ।
भक्तपुर-नगरकोट सडक अलपत्र भएको करिब नौ वर्ष भयाे । यसबीचमा आन्दोलनमा सहभागी कुनै पनि राजनीतिक दलले सडक नबनाएकाेमा विरोध गरेको थिएनन् । तर, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र त्यसका उम्मेदवारहरूले भने विराेध जनाउँदै आएका थिए । उसले काम नगर्ने देशैभरिका ठेकेदारसँग ठेक्का तोड्ने घोषणापत्रमा उल्लेख गरेकाे छ ।
सडक विस्तार पूरा नहुँंदा नगरकोटको पर्यटन व्यवसाय अस्तव्यस्त रहँदै आएको छ । ‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले कात्तिक ०७३ मा काम सक्ने गरी २२ जेठ ०७१ मा सडक विस्तारकाे सम्झौता गरेको थियो । सडक विस्तारको ठेक्का लिएको ठेकेदार कम्पनीले सातौं पटक म्याद थपेर समेत अझै काम सकेको छैन ।
आयोजनाका अनुसार एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त प्रक्रियागत ढिलाई भन्दै पहिलोपल्ट २० अक्टाेबर ०१६ सम्म काम सक्ने गरी एक सय २५ दिन म्याद थप भयो । दोस्रोपल्ट भूकम्पको बाहानामा ४ नोभेम्बर ०१७ सम्म तीन सय ८० दिन, तेस्रो पटक सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, स्थानीय चुनावलगायत कारण देखाउँदै १३ जुन ०१८ मा सक्ने गरी दुई २१ दिन म्याद थप भएको थियो ।
यसअघि सोमबार पनि सडक विस्तारको नाममा ठेकेदारले आठ वर्षदेखि सडक अलपत्र पारेको भन्दै स्थानीय पर्यटन व्यवसायीले माटो थुपारेर सडक अवरुद्ध गरेका थिए । सडक विस्तार ढिलाइले पर्यटन व्यवसायी धरासायी बनेको र सडक थप जीर्ण भएको भन्दै स्थानीय बासिन्दाले माटो थुपारेर सडक अवरुद्ध गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार