असार २९, २०८२ आइतबार July 13, 2025

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार – पीटीआईका अध्यक्ष सहित चारजना घाईते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ।

पीटीआईका नेता डयास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । गोली उनले नै चलाएको हो या कसले भन्नेबारे पुष्टि नभएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया