श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आयरल्यान्डलाई हराउँदै न्यूजिल्यान्ड सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः न्यूजिल्यान्डले अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एकअन्तर्गत एडिलेडमा भएको अन्तिम खेलमा आयरल्यान्डलाई ३५ रनले पराजित गर्दै न्यूजिल्यान्ड अन्तिम चारमा प्रवेश गरेको हो ।

न्यूजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा 9 विकेट गुमाएर १ सय ५० रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि पल स्टरलिङले ३७ तथा कप्तान एन्डी बालबिर्नीले ३० रन जोडे ।

न्यूजिल्यान्डका लागि लोकी फर्गुसनले सर्वाधिक ३ तथा टिम साउथी, मिचेल सान्टनर र इश सोधीले समान दुई-दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन जोड्यो ।

न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ३५ बलमा सर्वाधिक ६१ रनको योगदान गरे । फिन एलेनले ३२, डेरिल मेचिलले ३१ तथा डेभोन कोनवेले २८ रन बनाए । आयरल्यान्डका लागि जोश लिटल सर्वाधिक ३ विकेट लिए । उनले ह्याट्रिक समेत पुरा गरे । गारेथ डेलानीले दुई विकेट तथा मार्क अडायरले एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार