कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

गाउँ गाउँमा चुनावीसभा गर्दै राजनीतिक दलहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै कालीकोटका राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा(एमाले), एकीकृत समाजवादी र अन्य राजनीतिक दलले गाउँ गाउँमा राजनीतिक दल चुनावीसभालाई तीव्रता दिएका हुन् ।

कालीकोटमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा(एमाले), वीपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । आफ्नो पक्षमा मत माग्न ती दलले गाउँ गाउँमा भेलालाई तीव्रता दिएका हुन् ।

अहिले जिल्लाभर पालिकास्तरको भेला चलिरहेको र टोलटोलमा पनि कार्यक्रम सञ्चालन भइरहेको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद चौलागाँई जानकारले बताए ।

“गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल जनता समाजवादीले संयुक्त निर्वाचन परिचालन समिति बनाएर पालिका, वडा र टोलस्तरमा चुनावी भेला गरिरहेका छन्” उनले भने, “मौन अवधि सुरु नहुँदासम्म हामीले चुनावी अभियानलाई तीव्रता दिने सोच बनाएका छौँ ।”

एमालेले अहिले पहिलो चरणको भेटघाट कार्यक्रम सकेर पालिका र टोलस्तरमा भेला गरिरहेको उक्त पार्टीका जिल्लाअध्यक्ष जसीप्रसाद पाण्डेले बताए । “हाम्रा उम्मेदवारले घरदैलो भेटघाटका साथै चुनावी अभियानका रुपमा भेला गरिरहेका छन् ।” उनले भने, “मतदातामा हामी पार्टीको एजेण्डासहित पुगिरहेका छौँ ।”

राप्रपा नेपालले पनि जिल्लामा अहिले चुनावी प्रचारप्रचार गर्दै आइरहेको उम्मेदवार धनबहादुर बुढाको भनाई छ। “हामीले जिल्लामा मतदाताका समस्या र गुनासो सुन्नाका साथै चुनाव लक्षित आमसभा गर्दै आएका छौ । जिल्लाभर नै हाम्रा पार्टीका नेता तथा कार्यकर्ता परिचालन भएका छन् ।” उनले भने ।

जिल्लामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही, एमालेबाट नगिन्द्र शाही, कांग्रेस वीपीबाट पार्टीका संस्थापक सभापति पङ्खबहादुर विष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्ररुपमा माओवादीका लेखा आयोगका पूर्वसदस्य काशीचन्द्र बराल, कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेको उम्मेदवारी छ ।

त्यस्तै प्रदेशसभाका लागि १ (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही उम्मेदवार रहेका छन् ।

प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस वीपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्रबाट लक्ष्मण बम उम्मेदवार रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार