श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टी-२० विश्वकप क्रिकेट : श्रीलंकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आयोजक अस्ट्रेलिया टी–२० विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकालाई हराउँदै इङ्ल्यान्ड भने सेमिफाइनलमा पुगेको छ ।

सिड्नी क्रिकेट मैदानमा शनिबार इङ्ल्यान्डले श्रीलंकालाई ४ विकेटले हराएपछि नेट रनरेटका आधारमा साविक विजेता अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो ।

समूह एकबाट न्युजिल्यान्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । अस्ट्रेलियालाई अगाडिको यात्रा तय गर्न शनिबार श्रीलंकाले इङ्ल्यान्डलाई हराउनुपर्ने थियो ।

तर इङ्ल्याण्डले जितेपछि समूहको तेस्रो स्थानमा रहँदै अस्ट्रेलियाको यात्रा टुङ्गियो । तीनवटै टोलीको सात अंक भए पनि रनरेटका आधारमा न्युजिल्यान्ड पहिलो र इङ्ल्यान्ड दोस्रो भए ।

शनिबार १४२ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले १९‍.४ ओभरमा ६ विकेट गुमाएर पार गरेको थियो । उसका लागि एलेक्स हल्सले ४७ रन बनाए । यस्तै, बेन स्टोक्सले अविजित ४२ र जोस बटलरले २८ रनको योगदान गरे ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ८ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो । पथुम निसानकाले ६७ रन बनाए । इङ्ल्यान्डका लागि मार्क वुडले ३ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार