असार २९, २०८२ आइतबार July 13, 2025

विश्व इतिहासमा आजः कोलिम्बियाको नरसंहारदेखि रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज ६ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

अस्ट्रेलियामा जनमत संग्रह

सन् १९९९ मा अस्ट्रेलियाको संविधान संशोधन गर्न जनमत संग्रह आयोजना भएको थियो । राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रावधानसहितको गणतन्त्रमा जान विषयलाई अस्ट्रेलियाली नागरिकले अस्वीकार गरेका थिए ।

 ११ न्यायाधीशसहित ३०० को मृत्यु

सन् १९८५ मा अप्रिल आन्दोलनका गुरिल्लाहरुले कोलम्बियाको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर ३०० जनालाई बन्धक बनाएका थिए । विद्रोही र सरकारी फौजबीचको लडाइँमा सर्वोच्चका ११ न्यायाधीशसहित १०० जनाको मृत्यु भएको थियो ।

रंगभेदविरुद्ध संकल्प प्रस्ताव

सन् १९६२ मा राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघले सदस्य राष्ट्रलाई रंगभेदको विरुद्धमा उभिन निर्देशन दिएको थियो ।

अमेरिकी राष्ट्रपतिमा अब्राहम लिंकन

आजकै दिन अर्थात ६ नोभेम्बर १८६० मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको विजयपछि अमेरिकाको रक्तपातपूर्ण गृहयुद्ध र दास प्रणाली विस्तारै अन्त्य भएको थियो । लिंकन अमेरिकाका १६ औं राष्ट्रपति हुन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार