श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सेमिफाइनलमा पाकिस्तानको भिडन्त इंग्ल्यान्डसँग, फाइनलमा भारतसँग भेट होला ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः

बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार अस्ट्रेलियाको ओडिलेडमा भएको सुपर १२ को खेलमा पाकिस्तानले बंगलादेशले दिएको एक सय २८ रनको. लक्ष्य पाँच विकेटको क्षतिमा ११ बल बाँकी हुँदा पूरा गर्‍याे ।

पाकिस्तान समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेदरल्यान्डसले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत जिम्बाबेसँगको खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर १२ को खेलमा सुरुवाती दुई खेल लगातार गुमाएको पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्ने चौथो देश बनेको छ । यसअघि समूह ‘ए’ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । पाकिस्तान सन् २००७ यता दुई वर्षबाहेक सबै विश्वकपमा सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि पाकिस्तान सन् २००७, २००९, २०१० र २०१२ मा भएको विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । सन् २०१४ र २०१६ मा भएको टी–२० विश्वकपमा भने पाकिस्तान सुपर १२ बाटै बाहिरिएको थियो । त्यसपछि २०२१ र २०२२ मा भएको टी-२० विश्वकपमा पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसपटक पाकिस्तानको कप्तान बाबर आजम छन् । जो टी-२० प्रतियोगितामा सर्वाधिक चर्चामा छन् । सुरुवाती चार खेलमा खासै जम्न नसकेका बाबरले अन्तिम खेलमा बंगलादेशविरुद्ध भने २५ रन बनाएका छन् । पाकिस्तानले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । भारत र न्युजिल्यान्डले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार