असार २९, २०८२ आइतबार July 13, 2025

युक्रेनलाई रुससँग वार्ता गर्न अमेरिकाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति जाे बाइडेन प्रशासनले निजी वा गोप्य रूपमा युक्रेनका नेताहरूलाई रुससँग वार्ता गर्न खुलापनको संकेत गर्न आग्रह गरिरहेको वाशिंगटन पोस्टले रिपोर्ट गरेको छ ।

यसअघि युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्ताबाट नहटेसम्म शान्ति वार्ता नगर्ने भनेको थियो । तर अहिले अमेरिकाले पुटिनलाई सत्ताबाट हटाइएन भने शान्ति वार्तामा संलग्न नहुने भन्ने कुरालाई अस्वीकार गर्न आग्रह गरिरहेको खुलेको हो ।

वाशिंगटन पोस्टले छलफलसँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै अमेरिकी अधिकारीहरूको अनुरोध युक्रेनलाई वार्ताको टेबुलमा धकेल्ने उद्देश्यले नभएको बताएका छन् ।

यस विषयमा भएको छलफलले युक्रेनमा बाइडेन प्रशासनको स्थितिको जटिलतालाई चित्रण गरेको बताइएको छ । अमेरिकी अधिकारीहरूले आठ महिना लामो द्वन्द्वको समाधानको आशामा जति समय लागे पनि ठूलो रकम सहायताको साथ किभलाई समर्थन गर्ने वाचा गरेका भए पनि विश्व अर्थतन्त्रमा नै ठूलो नोक्सान र आणविक युद्धको डर पैदा भएको विषय निकालेका छन् ।

वाशिंगटन पोस्टले अमेरिकी अधिकारीहरूले आफ्ना युक्रेनी समकक्षहरूसँग आफ्नो एक विश्लेषण साझा गर्दै पुटिन अहिले वार्ताका लागि गम्भीर नभए पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनीसँग वार्तामा प्रतिबन्ध लगाएको विषयले युरोप, अफ्रिका र ल्याटिन अमेरिकाका केही भागहरूमा चिन्ता उत्पन्न भएको कुरासमेत निकालेका छन् ।

‘युक्रेनको थकान हाम्रा केही साझेदारहरूको लागि वास्तविक विषय हो,’ वाशिंगटन पोस्टले एक अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

यो विषय सत्य हो कि भनेर सोध्दा ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषदले तत्काल कुनै टिप्पणी नगरेको पोस्टले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले भने अमेरिकाले पहिले पनि र फेरि पनि कार्यहरू शब्दहरू भन्दा चर्को बाल्नेछन् भन्दै रूस वार्ताका लागि तयार हुन उसले आफ्नो बम र मिसाइल बन्द गर्नुपर्ने र युक्रेनबाट आफ्नो सेना फिर्ता लैजानु पर्ने बताएका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार