असार २६, २०८२ बिहिबार July 10, 2025

सरकारले भारतसँगका नाकामा थप कडाइ गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले दक्षिणी नाकामा आवतजावतमा थप कडाइ गर्ने भएको छ।

कोरोना भाइरस (कोभिड १९) क संक्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि सरकारले दक्षिणी नाकामा थप कडाइ गर्ने भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा कोरोना भाइरसको रोकथाम तथा नागरिकलाई कसरी सुुरक्षित बनाउन सकिन्छ भन्नेबारेमा बिहीबार गृह मन्त्रालयमा आयोजना गरेको छलफल कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले यस्तो बताएका हुन्। बैठकले कोरोना भाइरस भित्रन नदिन सीमा नाकामा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको हो।

उनले यसबारे दुवै देशका परराष्ट« मन्त्रालयले कार्ययोजना बनाउँदै गरेको उनले जानकारी दिएका छन।

बैठकमा गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङसहित २१ मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरुको सहभागिता थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया