असार २४, २०८२ मंगलबार July 8, 2025

यसरी पूरा भयो ७ फिट अग्ली युवतीको विमान चढ्ने सपना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा विमानलाई अनुकूल बनाएपछि ७ फिट ०७ इन्च अग्ली महिलाको विमान चढ्ने सपना पूरा भएको हो । २४ वर्षीया गेल्गीले पहिले कहिल्यै विमानमा यात्रा गरेकी थिइनन् । उनी बाल्यकालमा पनि एयरलाइन सिटमा बस्न नसक्ने अग्ली थिइन् ।

तर, अहिले उनी विदेश यात्रा गर्न सक्षम भएकी छिन् । विमानमा ६ वटा सिट  हटाएर गेल्गीलाई आरामसाथ उड्नका लागि अनुमति दिन विशेष रूपमा निर्मित स्ट्रेचर तयार पारिएको थियो ।
क्यालिफोर्नियामा अवतरण गरेपछि इन्स्टाग्राममा पोष्ट गर्दै उनले भनिन्, ‘सुरुदेखि अन्त्यसम्मको निर्दोष यात्रा… यो मेरो पहिलो विमान यात्रा थियो तर पक्कै पनि यो मेरो अन्तिम हुनेछैन… मेरो यात्राका लागि प्रत्येक व्यक्तिलाई हृदयदेखि धन्यवाद । ’

गेल्गीले सफ्टवेयर विकासमा आफ्नो करिअरलाई अगाडि बढाउन सान फ्रान्सिस्कोको यात्रा गरिन । उनले विभिन्न कार्यक्रमहरूलाई बढावा दिन गिनिज वल्र्ड रेकर्डसँग समन्वय गर्नेछिन् ।
गिनिज वल्र्ड रेकर्ड प्रमाणपत्र प्राप्त गरेपछि, गेल्गीले भनेकी थिइन्,  ’हरेक बेफाइदालाई आफ्नो लागि फाइदामा परिणत गर्न सकिन्छ, त्यसैले तपाई जे हुनुहुन्छ त्यसको लागि आफैलाई स्वीकार गर्नुहोस् । आफ्नो क्षमताको बारेमा सचेत हुनुहोस् र सक्दो प्रयास गर्नुहोस्।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार