असार २८, २०८२ शनिबार July 12, 2025

अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने प्योङयाङको धम्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई ‘खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास’ को रूपमा वर्णन गर्दै ती देशलाई ‘दीगो, दृढ, र भारी’ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ।

उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तर तर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् । उनले त्यसलाई ‘आक्रामक प्रकृतिको खतरनाक युद्ध अभ्यास’ समेत भनेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

रोयटर्सका अनुसार यो चेतावनी उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको बीचमा आएको छ । अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठूलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले  चार ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया