असार २८, २०८२ शनिबार July 12, 2025

ह्यालोविन उत्सवमा भागदौडः दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले सियोलमा ह्यालोविन उत्सवमा भागदौडमा भएको ठूलो मानवीय क्षतिका लागि माफी मागेका छन्  ।

सोमबार सुरक्षा नियमहरूको समीक्षा गर्नको लागि बसेको बैठकमा उनले माफी मागेका हुन् ।

एक साताअघि राजधानी सियोल नजिलकैको ह्यालोविन उत्सव मनाउने क्रममा भागदौड मच्चिदा १५६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये अधिकांश बीसदेखि तीस वर्षका युवा युवती थिए ।

‘आफ्ना छोराछोरी गुमाएका आमाबुवासँग म आफूलाई तुलना गर्ने आँट गर्दिन, तर जनताको जीवन र सुरक्षाको रक्षा गर्ने राष्ट्रपतिको हैसियतमा म दुखी छु’, उनले भने । २९ अक्टोबरमा ह्यालोविन मनाउने क्रममा सियोलको इटावन जिल्लाको साँघुरो गल्लीहरूमा भागदौड मच्चिएको थियो ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया