श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेबाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल तोकिएको मिति पुस २६ गतेबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार डबल लिगका आधारमा हुने ए डिभिजन लिग पुस २६ देखि सुरु भएर जेठ २० गतेसम्म हुने जनाएको छ ।

एन्फाले लिग आयोजनाका लागि सोमबार ए डिभिजन क्लबसँग छलफल गरेको थियो । छलफलमा पुस २६ गतेबाट लिग सुरु गर्न क्लबहरू सहमत भएको एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाँ वृद्धि गरेको छ ।

एन्फाले अब लिगको तयारीका लागि ए डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ। क्लबको तयारी खर्चमा वृद्धि गरिए पनि पुरस्कार रकम यथावत् राखिएको छ ।

यस पटक पनि लिगको विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याइएको छ ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनिबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबिच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार