काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाको बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ।
सरकारले २५ जनाभन्दा बढी मानिस सहभागी हुने कुनै पनि बैठक, भेला आदि गर्न रोक लगाएको दुइै दिनपछि सो सभाका बैठक स्थगित गर्ने निर्णय गरिएको हो।
‘हाललाई राष्ट्रिय सभाका बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले बताएका छन।
राष्ट्रिय सभाको बैठक बिहीबार भने बसेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया