श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखिएको छैन । – श्यामकुमार घिमिरे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चुनावी अभियान कस्तो चलिरहेको छ ?

मतदातालाई भेटघाटका लागि घरदैलो गरिरहेका छौं । भित्री सहर बाहिरका बस्तीहरूमा आलोपालो कार्यक्रम भइरहेको छ । स्थानीयबासीलाई आफ्नो एजेन्डा राख्ने र उहाँहरूको पनि कुरा सुन्ने गरेका छौं ।

तपाईंहरूका मत माग्ने एजेन्डा चाहिँ के–के हुन् ?

राष्ट्रिय एजेन्डा र पार्टीको घोषणापत्र सार्वजनिक भइसकेको छ । निर्वाचन क्षेत्रस्तरीय पनि मेरा प्रतिबद्धताहरू छन् । विविध संग्रहालय बनाउने मेरो पहिलो एजेन्डा हो । जस्तै: टुसा (निगालो बाँसको तामा) खाइन्छ । तर त्यो टुसा कहिलेबाट खान थालियो ? किन खाइन्छ ? त्यसको फाइदा के छ ? मान्छेलाई थाहा छैन । फलैंचा, बाजागाजा, गुठीका विभिन्न समूहरू छन् । यी कुरा काठमाडौं क्षेत्र नम्बर ७ भित्र पर्छन् तर अहिलेसम्म निर्वाचित भएर गएका साथीहरूले यी कुरा उठाउनु भएन । उहाँहरू त्यही समुदायमा बस्ने भए पनि यी कुराहरू ओझेलमा पर्दै गएको छ । जनतालाई दुःख बढ्दै गएको छ । यी सबै कुरा संग्राहलय बनाएर संरक्षण गर्न म सहयोग गर्नेछु । संग्रहालय बनाउन सक्यो भने पर्यटक समेत आकर्षित गर्न सकिन्छ । पर्यटकहरू कम्तीमा ६/७ दिन बस्न सक्ने गरी पर्यटन पूर्वाधार विकास गर्ने मेरो योजना छ । अर्को कुरा भनेको यो क्षेत्रका जिज्ञासु तथा ती विषयमा विद्यावारिधि गर्ने विद्यार्थीका लागि पनि उपयोगी हुनेछ । अनुसन्धानकर्ताहरूले अध्ययन अनुसन्धान गरेर हाम्रा परम्परा, संस्कार, संस्कृति बुझ्न, पढ्न र थप जानकारी पाउन सक्छन् ।

दोस्रो एजेन्डा चाहिँ विकास निर्माण नै हो । यसलाई म पनि प्राथमिकता दिन्छु । संघ, प्रदेश र स्थानीय तहमा समन्वय गरेर तत्काल अपुरा कामहरूलाई पूरा गर्न ध्यान दिन्छौं । त्यसपछि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउँछौं । कुन ठाउँमा के गर्नुपर्छ के आवश्यक छ निर्क्यौल गरेर योजना बन्छ । त्यसपछि तीनवटै सरकार समन्वय गरेर मात्र अघि बढ्छौं ।

काठमाडौं–७ एमालेको विरासत रहेको निर्वाचन क्षेत्र पनि हो । यसपटक चाहिँ गठबन्धनसँगको प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?

यो क्षेत्रमा २०४७ सालदेखि एकछत्र एमाले विजयी हुँदै आएको छ । त्यसकारण चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखिएको छैन । त्यो नदेखिनुको पनि कारण छ । पार्टी स्थापनाकालदेखि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभयो । त्यो कार्यक्रमको आधारमा देशभर विकास निर्माणका योजना अघि बढे । चाहे त्यो मदन भण्डारी राजमार्ग, चाहे पुष्पलाल राजमार्ग, फास्ट ट्रयाक होस् एमालेको विचार, नीति, धारणा र कार्यक्रमको आधारमा मात्र आएको हो । अहिले जो–जो प्रतिस्पर्धी भनेर आउनु भएको छ उहाँहरूसँग कुनै एजेन्डा नै छैन । राजेन्द्र श्रेष्ठ (जसपा उमेदवार) हिजो एमालेमा नै हुनुहुन्थ्यो । तर पार्टी छोडेर कुन–कुन पार्टीमा लाग्नुभयो र अहिले यहाँ उम्मेदवार हुनुहुन्छ । त्यो कुरा मतदाताले बुझेका छन् । अर्को यमी (मानुषी भट्टराई) को कुरा गर्नुहुन्छ भने उहाँहरू चुनावपिच्छे पार्टी परिवर्तन गर्दै हिँड्ने मान्छे हुनुहुन्छ । त्यसैले उहाँहरूसँग कुनै एजेन्डा छैन । हाम्रो कसैसँग प्रतिस्पर्धा हुँदैन । यो मेरो कुरा होइन । यहाँका जनसमुदायहरूले नै यही कुरा भनिरहनु भएको छ ।

पूर्वसांसद रामवीर मानन्धरले नै बागी उम्मेदवारी दिनुभएको छ नि ?

उहाँ स्वतन्त्र उम्मेदवार हो । कुनै बागी उम्मेदवार नै होइन । उहाँ कुन ढंगले अहिले उम्मेदवार बन्नुभयो थाहा भएन । पहिले हामीलाई सम्झाउनुहुन्थ्यो । सहयोग गर्नु हुन्थ्यो । तर विगतको स्थानीय तह निर्वाचनदेखि एमालेलाई क्लिनस्वीप भनेर लाग्नु भएको हो । एमाले उम्मेदवारलाई हराउन लाग्नुभयो । वडा सदस्य, वडा अध्यक्षदेखि नगर प्रमुख, उपप्रमुखलाई हराउनु भयो । त्यो बेला हारेका र जितेका साथीहरू निर्वाचन क्षेत्र नम्बर ७ को एमाले निर्वाचन परिचालन कमिटीको प्रमुख ठाउँहरूमा बस्नु भएको छ । त्यसैले उहाँको उम्मेदवारीले कुनै फरक गर्दैन ।

एमाले फुटेको बेला पनि छ नि ?

त्यसको पनि कुनै असर छैन । स्थानीय तहको निर्वाचनमा पनि त्यो कुरा देखिइसक्यो । घरदैलोमा जाँदा जनताले त्यही कुरा भनि रहुन भएको छ । मैलेभन्दा पनि जनताले यही कुरा भनिराखेका छन् । जनताको कुरा मैले भनेको हुँ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार