श्रावण २, २०८२ शुक्रबार July 18, 2025

भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल भलिबल संघ (एनभिएल)ले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो ।

बुधबार सार्वजनिक कार्यक्रममा घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिता, रेफ्री कोर्ष रहेका छन् । यसैगरी, पहिलो पटक हुने भएको फ्रेन्चाइज नेपाल सुपर लिगको समेत समय तोकिएको छ ।

नेपालले यु२३ एसियन सेन्ट्रल जोन पुरुष भलिवलबाट सुरु गरेर ८० सालमा हुने राष्ट्रिय रेफ्री कोर्षसम्म रहेको छ । यसैगरी, काभा एसियन महिला तथा पुरुष बिच भलिबल, काभा अन्तर्राष्ट्रिय महिला पुरुष, थ्री नेसन्स श्रृंखला, १९औँ एसियन गेम्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेलरहेका छन् ।

घरेलु प्रतियोगितातर्फ सातौैँ एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप, एनएसएल महिला तथा पुरुष लिग (२०७९), सातौँ आरबिबी एनभिए महिला तथा पुरुष लिग, यु १५ महिला तथा पुरुष प्रतियोगिता, आठौ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, ३४औँ राष्ट्रिय पुरुष तथा २५औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिता, बीच भलिबल प्रतियोगिता, एनएसएल महिला तथा पुरुष भलिबल (२०८०) रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार