श्रावण २, २०८२ शुक्रबार July 18, 2025

साफ यु-१५ महिला च्याम्पियनसिप – तेस्रो जितको दाउमा नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साफ यु-१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज (बुधबार) भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा साझ सवा ४ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल भुटानसँग दोस्रो पटक खेल्न लागेको हो । डबल राउण्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ७–० अन्तरले पराजित गरेको थियो । वर्षा ओलीले एक्लै चार गोल गरेपछि नेपालले सहज जित पाएको थियो ।

यसैगरी नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० अन्तरले पराजित गरेको थियो । वर्षा ओलीले ८७औं मिनेटमा निर्णायक गोल गरेपनि नेपाल लगातार दोस्रो खेल जित्न सफल भएको थियो ।

भगवती रानामगरको प्रशिक्षणमा रहेको नेपाली टोली लगातार तेस्रो जित निकाल्ने दाउमा छ । प्रतियोगिताको शीर्षस्थानमा रहने टोली स्वतः च्याम्पियन हुने प्रावधान रहँदा नेपाल भुटानविरुद्ध खेल जित्दै शीर्षस्थानमा फर्कन चाहन्छ ।

दीपा रोकायाको कप्तानीमा रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । तीन खेलबाट समान ६ अंक जोडेको बंगलादेश गोलअन्तरको आधारमा शीर्षस्थानमा छ । अंकविहिन भुटान भने उपाधि दौडबाट बाहिरिसकेको छ ।

नेपाली टोलीः

गोलकिपरः राधिका ओली, सुजता तामाङ, रुपा धिमाल

रक्षकः सिता रोकाया, दिपा मगर, अञ्जना पुन मगर, अमिता भुल, विपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा

मिडफिल्डरः सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन

स्ट्राइकरः दिपा रोकाया (कप्तान), समिक्षा मगर, वर्षा ओली, सेनु परियार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार