श्रावण २, २०८२ शुक्रबार July 18, 2025

क्रिकेटर शक्ति गौचनद्वारा जुनियर स्टार क्रिकेट लिग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएकाे छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको गौचनले बताए ।

देवदहस्थित क्रिकेट मैदानमा हुने कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । रुपन्देही क्रिकेट खेलको उवर्भरभूमि भएको दाबी गर्दै उनले लामो समयको तयारी गरी खेलाडी छनाेट पूरा गरी टिम तयार गरेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानीय विद्यालयबाट खेलाडीको ड्रेस सहयोग भएको उनले बताए । स्थानीय पालिकाबाट प्रत्येक टिमको २० खेलाडी छनाेट गरेको उनकाे भनाइ छ । ४० ओभरको खेलमा खेलाडीहरू आफ्नो ब्याटिङ र बलिङको प्रदर्शन गर्ने राम्रो अवसर पाउने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विद्यागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाइटन्स, बुटवल युनाइटेड, देवदह ड्रागन र जिबीआईसिए सैनामैना गरी ६ टिम बीचमा खेल हुनेछन् । बुधबार उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन । प्रतियोगिताको अनुमानित खर्च पाँच लाख रुपैयाँ रहेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार