श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले हात पार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालले यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै उपाधि नेपालले जितेको हो ।

खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाइन् । खेलको ५ औँ मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा पुर्‍याइन् । खेलको ८९औँ मिनेटमा बंगलादेशले पेनाल्टी पाएको थियो । तर, बंगलादेशकी बीबी रिताको प्रहार गरेको पेनाल्टी सुजता तामाङले उत्कृष्ट प्रदर्शन गरिन् । योसँगै खेल १–१ गोलको बराबरीमा सकिएपछि नेपालले उपाधि जितेको हो ।

नेपालले प्रतियोगितामा चार खेलबाट अपराजित रहँदै १० अंक बनायो । दोस्रो स्थानमा रहँदै उपविजेता बनेको बंगलादेशले चार खेलबाट सात अंक बनायो । भुटान भने अंकविहीन हुन पुग्यो ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलले हराएको थियो । त्यसपछि बंगलादेशलाई १–० ले हराएको नेपालले तेस्रो खेलमा भुटानलाई १–० ले हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार