असार २८, २०८२ शनिबार July 12, 2025

टर्कीको राजधानीमा ५ अफगान नागरिकको छुरा प्रहार गरी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीको प्रहरीले राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँच जना अफगान नागरिकको शव फेला पारेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको थियो । सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको दैनिक हुर्रिएट डेली न्यूजले उल्लेख गरेको छ।

अङ्कारा अभियोजकको कार्यालयले जनाए अनुसार एक शव पछाडिबाट हतकडी लगाएको र वार्डरोब भित्र फेला परेको थियो भने अन्य चार बैठक कोठामा फेला परेको थियो ।

टर्कीमा ५० लाखभन्दा बढी आप्रवासीहरू छन् जसमध्ये ३७ लाखभन्दा बढी सिरियाका छन् । त्यसैगरी अफगानिस्तानीहरू दोस्रो ठूलो आप्रवासी समुदाय हो । अहिले यहाँ शरणार्थीहरूको तीव्र दबाब बढेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया