काठमाण्डौः जलवायु मुद्दाबाट आक्रोशित सयौं प्रदर्शनकारीहरू लिस्बनको सडकमा उत्रिएका छन् । अधिकांश प्रदर्शनकारीले पोर्चुगलका आर्थिक मन्त्री एन्टोनियो कोस्टा ई सिल्भाले भाषण दिइरहेका भवनमा पुगेर उनको राजीनामासमेत माग गरे ।
ब्यानर बोकेर नारा लगाउँदै प्रदर्शनकारीले जलवायु परिवर्तनविरुद्ध कदम चाल्न आह्वान गरेका छन् ।
जलवायु परिवर्तन हालै विश्वभरका मानिसहरूमा चर्चा र चासोको विषय बनेको छ । “कोस्टा ई सिल्भा बाहिर,“ प्रदर्शनकारीहरू भवनमा प्रवेश गर्दा उनीहरु चर्को आवाजले चिच्याएका थिए । प्रदर्शनकारीहरूलाई पुलिसले भवनबाट बाहिर निकालेको थियो ।
विश्वलाई जलवायु परिवर्तनबाट जोगाउने लक्ष्यलाई कायम राख्ने प्रयासमा जलवायु शिखर सम्मेलनका क्रमममा इजिप्टमा जम्मा भएका करिब २०० राष्ट्रका प्रतिनिधिहरू भेला हुँदा प्रदर्शनहरू भएको थियो ।एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया