श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यु-२३ भलिवलमा २० खेलाडी छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल भलिबल संघ (एनभिए)ले बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खुल्ला छनोट पूरा गरेको छ ।

एनभिएले खुल्ला छनोटबाट बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको लागि २० खेलाडी पहिलो चरणमा छनोट गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटमा ८० भन्दा बढि खेलाडीको सहभागीता रहेको थियो ।

एनभिएले देशभरबाट छनोट भएका २० खेलाडीलाई एक महिनाको अभ्यासपछि १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । प्रतियोगिता डिसेम्बर २० देखि २६ सम्म सुरु हुँदैछ ।

एसियन भलिबल महासंघको सहयोगमा बंगलादेश भलिबल संघले आयोजना गर्ने प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, भुटान, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, तुर्कमिनिस्तान उज्वेकिस्तान गरि १२ टोलीलाई सहभागीताको लागि निमन्त्रणा गरिएको छ । यस अघि एनभिएले महिला तथा पुरुष बीच भलिबल छनोट समाप्त गरिसकेको छ ।

छनोट भएका खेलाडीः

धिरोज कुमार बस्नेत, मनिष मानन्धर, रवि केसी, हेमन्त मल्ल, सन्तोष खत्री, प्रेम प्रसाद गौतम, अर्जुन नेपाली, रुपबहादुर गुरुङ, बिष्णु बस्नेत, वेद प्रकाश जोशी, गोविन्द टमाटा, सम्राट भण्डारी, सफल वि.क, सुभास कुँवर, सन्तोष महत्ता, गौरव पाण्डे, तेज नाथ, भिम राज गुरुङ, सुरेन्द्र भाट, विशाल भण्डारी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार