श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यु-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिण एसियाली मुलुक नेपाल र बंगलादेशले सन् २०२७ को आईसिसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो ।

नेपाल र बंगलादेशले संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजना गर्न स्विकृत पाएका छन् । बंगलादेश आयोजक हुनेछ भने नेपाल सहआयोजक हुने क्यानले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलो पटक विश्वकप आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए । उनले आयोजनाको लागि ठूलो लबिइङ गरेको बताए । ‘एकदम गौरवको विषय हो । यो चार वर्ष पछि आयोजना हुने हो । एकदमै ठूलो ‘लबिइङ’का बीच आयोजना गर्न पाएका हौं,’ चन्दले भने ।

आईसिसीले नेपाललाई प्रतियोगिता आयोजना गर्न कम्तीमा पाँच मैदान आवश्यक पर्ने बताएको छ । जसमध्ये दुई मैदानमा खेल हुनेछन् । मैदान र खेलस्थल टुंगो लाग्न बाँकी छ । क्यानले काठमाडौंको त्रिवि खेल मैदान र मूलपानीसहित पोखरा मैदान, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान र भैरहवा मैदानको नाम आइसिसीलाई बुझाएको छ ।

यसैगरी सन् २०२५ को यु–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्दा सन् २०२४ को यु १९ पुरुषको आयोजना श्रीलंका, सन् २०२६ को जिम्बाव्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार