असार २८, २०८२ शनिबार July 12, 2025

इस्तानबुलमा शक्तिशाली विस्फोटः ४ जनाको मृत्यु, ३८ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

आइतबार साँझ भएको सो विस्फोटमा तीन दर्जनभन्दा बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन् । ‘प्रारम्भिक रिपोर्टमा चार जनाको मृत्यु र ३८ जना घाइते भएका विवरण सार्वजनिक भएको छ’ इस्तानबुलका गर्भनर अली यर्लिकायाले ट्वीटरमा भने ।

विस्फोटबारे ट्वीटरमा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ । विस्फोटबारे पूरा विवरण सार्वजनिक हुन बाँकी छ । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया