मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

चीनले तत्काल ताइवानमाथि आक्रमण गर्दैन: बाइडेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको एक चीन नीति नबदलिएको बताएका छन्। बालीमा चिनियाँ समकक्षी सी चिनफिङसँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले चीनसँग नयाँ शीतयुद्ध सुरु नहुने दाबी पनि गरे।

अमेरिका र चीन दुवै ताइवानमा शान्ति कायम राख्न प्रतिबद्ध भएको उनको भनाइ थियो। पत्रकार सम्मेलनमा उनलाई नयाँ शीतयुद्ध नहुने सम्भावना छ कि छैन र के चीनले ताइवानमाथि आक्रमणको तयार गर्दैछ भनेर सोधिएको थियो।

‘नयाँ शीतयुद्ध हुनेछैन भन्नेमा म पूर्णत विश्वस्त छु,’ जवाफमा बाइडेनले भने, ‘चीनले तत्काल ताइवानमा आक्रमणको प्रयास गर्छजस्तो मलाई लाग्दैन। ताइवान मुद्दा शान्तिपूर्ण रुपमा समाधान होस् भन्ने हाम्रो चाहना रहेको मैले स्पष्ट पारेको छु। मैले भनेको कुरा उनले राम्ररी बुझे भन्नेमा म विश्वस्त छु।’

उनले ताइवानसम्बन्धी अमेरिकी नीति नबदलिएको आफूले सीलाई स्पष्ट पारेको पनि बताए। त्यसपछि बाइडेनलाई सी टक्कर लिने हिसाबले प्रस्तुत भएका थिए कि सम्झौता गर्न इच्छुक देखिन्थे भनेर सोधेका थिए।

‘सी सधैँझैँ सीधा र ठाडो रुपमा प्रस्तुत भए। हामी दुवै एकअर्काप्रति स्पष्ट रुपमा प्रस्तुत भयौँ,’ उनले भने। सी केही मुद्दामा सम्झौताका लागि इच्छुक रहेको उनको भनाइ थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार