श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पोखरामा पुस पहिलो साता मेयर कप साइकल रेस हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा आगामी पुस ६ गते मेयर कप साइकल रेस हुने भएको छ । साइकल सिटी पोखराले उक्त प्रतियोगिता गर्न लागेको हो । टुर दी पोखराको पूर्व सन्ध्यामा मेयर कप साइकल दौड आयोजना गर्न लागिएको टुर दी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए ।

उनका अनुसार टुर दी पोखरा पुस ७ र ९ गते हुनलागेको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले टुर दी पोखराको झण्डा गोंगजुलाई हस्तान्तरण गरे ।

स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ ।

कार्यक्रममा देशभरका साइकल यात्रीहरू सहभागी हुने छन् । पुर्व सन्ध्यामा हुन लागेको साइकल दौड पुस ६ गते रानी वन स्थित २० किलोमिटर दुरीमा हुने छ ।

प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार दिइने साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए ।

अहिले हुने टुर दी पोखरा छैटौं संस्करणको हो । ७२ किलोमिटर दुरीमा उक्त प्रतियोगिता हुने छ । यो वर्ष बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी जोड्ने गरी यात्रा हुने गोंगजुले जानकारी दिए । ‘दुई धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्न यो पटक टुर दी पोखरा हुने छ,’ उनले भने, ‘यसको सन्देश विशेष खालको छ । कम्तिमा एक दिन भएपनि साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान हो ।’ पोखराको प्रचार गर्न पनि यो अभियानले विशेष योगदान पुगेको मेयर आचार्यले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार