असार २८, २०८२ शनिबार July 12, 2025

कम्बोडियाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफूलाई कोभिड पोजेटिभ भएको बताएका छन् । नोम पेन्हमा भएको शिखर सम्मेलनका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत एक दर्जनभन्दा बढी विश्व नेतासँग भेट गरेका थिए । त्यस लगत्तै परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताएका छन् ।

एसिमा नै सबैभन्दा बढी लामो समय शासन गर्ने नेताको रुपमा पहिचान बनाएका हुन सेनले आफूलाई कुनै लक्षण नदेखिएको बताएका छन् ।

हुन सेनले आइतवार सम्पन्न  एसोसिएसन अफ साउथइस्ट एसियाली नेसन्सको शिखर सम्मेलनमा आठ दक्षिणपूर्वी एसियाली देशका साथै संयुक्त राज्य अमेरिका, चीन, जापान, अष्ट्रेलिया र क्यानडाका नेताहरूसँग भेटघाट गरेका थिए ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया