काठमाण्डौंः मनिलाको नाभोटास नगरको भीडभाडयुक्त समुदायिक बस्तीमा आगो लाग्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जलेर दुई वर्षीय एक बालक, १८, १९, ४० र ५० वर्षीय महिलाको ज्यान गएको तथा ६४ वर्षका एक पुरूष र ५१ वर्षिया महिला घाइते भएकी अग्नि सुरक्षण विभागले जनाएको छ ।
आगलागीबाट एक सय ११ परिवार प्रभावित भएका तथा केही पीडित अस्थायी आश्रयस्थलमा बसेका छन् ।
दुर्घटनामा अन्यको पनि ज्यान गएको हुनसक्ने आशङ्कामा खोजी जारी छ । अपराह्न चार बजे लागेको आगो राति नौ बजे निभाइएको थियो । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया