असोज १७, २०८३ शनिबार October 3, 2026

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली टेलिभिजनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फुटबलको महाकुम्भ फिफा विश्वकप-२०२२ को प्रत्यक्ष प्रसारण नेपाली टेलिभिजनले गर्न पाउने भएको छ ।

कतारमा हुन गइरहेको विश्वकप नेपालमा प्रत्यक्ष प्रसारण हुने वा नहुने अन्योल भइरहेका बेला नेपाली फुटबल फ्यानहरूका लागि यो खुसीको खबर हो।

बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अन्तरिम आदेश खारेज गरेको हो। यससँगै नेपाली टेलिभिजनहरूले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन्।

नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले अनुमति पाएको थियो। नेपाली टेलिभिजनमा विश्वकप हेर्नका लागि दर्शकसँग ५ सय रुपैयाँ उठाउने निर्णय भएको थियो। यसै विषयमा विवाद हुँदा मुद्दा सर्वोच्चसम्म पुगेको थियो।

बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकपको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर अब विश्वकप हेर्न दर्शकले ५ सय रूपैयाँ तिर्नुपर्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार