असार २९, २०८२ आइतबार July 13, 2025

क्यानाडेली प्रधानमन्त्रीसँग किन रिसाए सी जिनपिङ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् ।

जी २० शिखर सम्मेलनको साइडलाइन भेटमा राष्ट्रपति सीले क्यानडाका प्रधानमन्त्रीमा “इमान्दारी“ को कमी भएको आरोप लगाए । राष्ट्रपति सीले  कथित चिनियाँ जासुसी र क्यानाडाको चुनावमा हस्तक्षेपबारे क्यानडाको दाबीलाई संकेत गर्दै थिए । दुई नेताबीच धेरै समयपछि पहिलो पटक भेट भएको थियो ।

पत्रकारहरूले खिचेको फुटेजमा विश्व नेताहरूको भेलामा राष्ट्रपति सी र ट्रुडो एकअर्काको नजिक उभिएको र अनुवादकमार्फत कुराकानी गरिरहेको देख्न सकिन्छ ।
हामीले छलफल गरेका सबै कुरा चुहावट भएको छ र त्यो उपयुक्त छैन,“ चिनियाँ नेताले  ट्रुडोलाई भने। सीको भनाइ सुनेपछि मुस्कुराउँदै क्यानाडाली प्रधानमन्त्रीले जवाफ दिए “क्यानडामा हामी स्वतन्त्र, खुला र स्पष्ट संवादमा विश्वास गर्छौं र हामीले जारी राख्नेछौं“। ट्रुडोले आफ्नो भनाई सक्नुअघि नै सी उनीसँग हात मिलाएर हिडेका थिए  ।

दुई नेताबीचको भेटले चीन र क्यानडाबीचको तनावलाई प्रकाश पारेको छ । सन् २०१८ मा हुवावे टेक्नोलोजीका कार्यकारी मेङ वान्झाउलाई को हिरासत र र त्यसको बदलामा बेइजिङले दुई क्यानेडियनहरूलाई जासुसीको आरोपमा पक्राउ गरेपछि दुई देशबीको तनाब बढेको थियो । पछि तीनै जना रिहा भएका थिए । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार