असार २९, २०८२ आइतबार July 13, 2025

गाजामा भीषण आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी गाजापट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र चिकित्सा स्रोतहरुले बताएका छन् ।

जबलिया शरणार्थी शिविरको ताल–जातर क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको इन्डोनेसियाली अस्पतालका निर्देशक सलाह अबु लैलाले जानकारी दिनुभएको छ ।

प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र धेरै सुरक्षाकर्मी घटनास्थलमा पठाएको घोषणा गरेको छ । प्यालेस्टिनी प्रत्यक्षदर्शीहरुले आगो नियन्त्रण गर्न एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीहरूले घण्टौंसम्म काम गरिसकेको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले भवनभित्र ठूलो मात्रामा भण्डारण गरिएको इन्धनका कारण आगलागी भएको हुनसक्ने सङ्केत गरेको गाजाको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार