कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

कर्णालीमा चुनावको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन् । मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ । मतदान केन्द्र निर्माण भइरहेका छन् । आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ ।

कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी परिचालन  भएका हुन् ।

मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा प्रहरी अधिकृतको कमान्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएको छ । कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता छन् भने १ हजार ४ सय ७६ मतदान केन्द्र छन् ।

कर्णालीमा सुरक्षाका दृष्टिकोणले ३ सय ४५ मतदान केन्द्र अतिसंवेदनशीलमा राखिएको छ भने ४ सय १३ मतदान केन्द्र संवेदनशील रहेका छन् । माथिल्लो कर्णालीका जिल्लामा हिमपात सुरु भएका कारण हेलिकप्टर मतपेटिका ढुवानी तथा निर्वाचन सामग्री ओसारपसार गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सुर्खेत जिल्लाभर सशस्त्र प्रहरीको १२ वटा मोबाइल टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीकै चार वटा स्ट्राइकर फोर्स र दुइटा निर्वाचन सुरक्षा बेस परिचालन गरिएको छ । सुर्खेतका १३९ स्थायी मतदान स्थल, दुइटा अस्थायी मतदान स्थल अन्तर्गतका २९३ वटा मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् ।

चीनको तिब्बतसँग जोडिएका कर्णालीका सीमा नाका बिहीबार राती १२ बजेदेखि नै बन्द गरिएको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडाइका लागि कर्णाली र तिब्बतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो ।

चीनको तिब्बतसँग नाका जोडिएका कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो । हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाका बन्द गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
२०८३ कार्तिक ३०, सोमबार
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
२०८३ कार्तिक ३०, सोमबार
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान
२०८३ कार्तिक ३०, सोमबार